२०८३ असोज ५ सोमबार

तनहुँका तीन ठूला सडक आयोजना रुग्ण, सर्वसाधारण सास्ती खेप्दै

ई आर्थिक    आइतबार, असोज ४ २०८३
665
Shares
तनहुँका तीन ठूला सडक आयोजना रुग्ण,  सर्वसाधारण सास्ती खेप्दै

तनहुँ।  निर्माण सुरु भएको लामो समय भए पनि यहाँका तीन सडक आयोजना रुग्ण बनेका छन्। आयोजना अलपत्र भएपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएका ती सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण श्रेष्ठले जानकारी दिए। भानुमार्ग-चन्द्रावती-पिलिमार्ग कुन्छा कालीमाटी सडक, दुलेगौडा-हर्कपुर सडक र आँबुखैरेनी-छिम्केश्वरी सडक समस्याग्रस्त बनेको छ।

भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०७८ साल माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो। पटकपटकको ताकेतापश्चात् पनि काम नभएपछि उक्त सडकमा २०८३ असारसम्म म्याद थप भएको थियो। उक्त खण्डमा हालसम्म ६५.९५ प्रतिशत काम सकिएको छ।

कुल १०.१२ किलोमिटर लामो उक्त सडक स्तरोन्नतिका लागि २० करोड ३७ लाख ८६ हजार रूपैयाँमा एमएस शंकरमाली निर्माण सेवासँग सम्झौता भएको थियो। निर्माण कम्पनीलाई हालसम्म १३ करोड ४३ लाख ९६ हजार रूपैयाँ भुक्तानी गरिएको छ।

दुलेगौडा-हर्कपुर सडकको हालसम्म वित्तीय ५० प्रतिशत र भौतिक ५५ प्रतिशत प्रगति भएको छ। यो सडकको ठेक्का पनि एमएस शंकरमाली निर्माण सेवाले नै पाएको थियो। उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो। विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पटकपटक थप गरिएको छ। अन्तिमपटक थपिएको म्याद २०८२ साल चैतमा सकिएको छ।

हालसम्म १४ करोड ४७ लाख ४५ हजार ७४० रूपैयाँ भुक्तानी भइसकेको छ। १०.१८ किलोमिटर सडक स्तरोन्नतिका लागि २५ करोड ९९ लाख २ हजार ८९५ रूपैयाँमा सम्झौता भएको थियो। आँबुखैरेनी-छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि २०७६ साल मङ्सिर ६ गते सम्झौता भएको थियो। विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटकपटक म्याद थप गरिएको कार्यालयले जनाएको छ। निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०८२ असोजसम्म थियो।

यस सडकको भौतिक र वित्तीय प्रगति ९१ प्रतिशत बराबर छ। सो सडकका लागि ३६ करोड पाँच लाख ५० हजार रूपैयाँमा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो। कुल १६ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि ३२ करोड ८५ लाख १३ हजार ४८६ रूपैयाँ भुक्तानी भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij