ई–आर्थिक, काठमाडौं । कुनै पनि आयोजना प्रमुखका काम सम्पूर्ण व्यवस्थापन हेर्ने हुन्छ । फिल्डमै उत्रेर मजदुरसँगै काम गर्ने ‘हाकिम’ नगण्य हुन्छन् । त्यस्तै नगण्यमा हाकिममा डा. नारायणप्रसाद सुवेदी पर्नुहुन्छ । उहाँ सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर, चितवनका आयोजना प्रमुख हुनुहुन्छ ।

परिआउँदा रमिते बन्नु भन्दा पनि फिल्डमै उत्रेर मजदुरसँग खट्ने उहाँको स्वभाव रहेको छ । यहाँ कैद गरिएका तस्विर उहाँको कार्यक्षेत्रमा रहेको सुस्ताको हो । यो दृष्य सुस्तामा आपतकालिन बाढी व्यवस्थापन कार्यमा खट्दाको हो । उहाँले यहाँ मजदुर शैलीमै खटिएर फिल्डमै उत्रेर कार्य गर्नुभएको छ । उहाँको यस्तो स्वभाव देख्दा जो कोहीले आश्चर्य मान्ने गरेका छन् ।

