२०८३ भाद्र २ मंगलबार

थाइल्यान्डबाट गाँजा ल्याउने सात विदेशी त्रिभुवन विमानस्थलबाट पक्राउ

ई आर्थिक    मंगलबार, भाद्र २ २०८३
76
Shares
थाइल्यान्डबाट गाँजा ल्याउने सात विदेशी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं : थाइल्यान्डबाट गाँजा ल्याएर भारततर्फ लैजान लागेको आशंकामा सात जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा म्यान्मारका चार र भारतका तीन नागरिक रहेका छन्। उनीहरू थाई एयर र बटिक एयरमार्फत नेपाल आएका थिए।

विमानस्थलमा शंका लागेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जाँच तथा अनुसन्धान गर्दा थाइल्यान्डमा उत्पादन भएको गाँजा बरामद गरेको हो।

प्रहरीले बरामद गाँजा भारततर्फ तस्करी गर्न लागिएको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

थाइल्यान्डबाट गाँजा तस्करी गर्ने क्रममा यसअघि पनि भारतीय नागरिक पक्राउ पर्दै आएका छन्। पछिल्लो समय भारतीय तस्करी गिरोहले म्यान्मारका नागरिकलाई समेत प्रयोग गर्न थालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij