२०८३ भाद्र १ सोमबार

साउनमै सरकारको आम्दानी १० प्रतिशतले बढ्यो, खर्च ४२ अर्ब नाघ्यो

ई आर्थिक    सोमबार, भाद्र १ २०८३
171
Shares
साउनमै सरकारको आम्दानी १० प्रतिशतले बढ्यो, खर्च ४२ अर्ब नाघ्यो

काठमाडौँ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी ९३ अर्ब ४३ करोड ६३ लाख रुपियाँहाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् आठ अर्ब २४ करोड रुपियाँले वृद्धि हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजश्वतर्फको कुल प्राप्ति ८५ अर्ब १९ करोड ६ लाख रुपियाँ र गैरकर राजश्वतर्फको कुल प्राप्ति सात अर्ब तीन करोड ४७ लाख रुपियाँ छ । त्यस्तै, सरकारले पहिलो महिना २४ करोड तीन लाख रुपियाँवैदेशिक अनुदान सहायता लिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च ४१ अर्ब ८८ करोड ५८ लाख रुपियाँ रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपियाँ बराबरको बजेट ल्याइएको थियो । साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको एक दशमलव ९७ प्रतिशत हो ।

चालु शीर्षकमा यसवर्ष १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपियाँ विनियोजन भएकोमा साउन मसान्तसम्ममा एक दशमलव ६८ प्रतिशत अर्थात् २१ अर्ब ४० करोड ३८ लाख रुपियाँ खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार रुपियाँ विनियोजन भएकोमा शून्य दशमलव ३१ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म १९ अर्ब १५ करोड ३५ लाख रुपियाँ खर्च भएको छ । जुन यो शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव ५३ प्रतिशत बराबर हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij