२०८३ भाद्र २ मंगलबार

पानीको सतह बढेसँगै शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक

ई आर्थिक    सोमबार, भाद्र १ २०८३
247
Shares
पानीको सतह बढेसँगै शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर।  कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चारपांग्रे सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको हो।

उनले बिहान ९ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको जानकारी दिए। शारदा ब्यारेजमा भारतीय पक्षले पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपांग्रे सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ।

त्यसैगरी, जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको जनाएको छ। महाशाखाले महाकाली नदी र कञ्चनपुरका स-साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij