काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो।
यससँगै एक दिनमै सुनको मूल्य १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो।