२०८३ भाद्र २ मंगलबार

लागू औषध कारोवारी बढे, विभिन्न जिल्लाबाट लागू औषधसहित २५ जना पक्राउ

ई आर्थिक    सोमबार, भाद्र १ २०८३
190
Shares
लागू औषध कारोवारी बढे, विभिन्न जिल्लाबाट लागू औषधसहित २५ जना पक्राउ

काठमाडौँ । प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। कास्की, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरबाट उनीहरूलाई टापेन्टाडोल, ब्राउनसुगर, गाँजा, खैरो हेरोइन, ट्रामाडोल, पोलेन र प्रेगाब्लिनलगायत लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–१ सिम्पानीबाट टापेन्टाडोल २२० ट्याब्लेटसहित सन्दिप गुरुङसहित पाँच जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा पोखरा–२५ हेम्जास्थित डेराबाट थप ८०० ट्याब्लेट टापेन्टाडोलसहित २१ वर्षीय लुकास तामाङलाई पक्राउ गरिएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३९० मिलिग्रामसहित २२ वर्षीय प्रसान्त मगर पक्राउ परेका छन्। लेटाङ–३ विरनटोलबाट करिब १०० ग्राम गाँजासहित १८ वर्षीय किशोर तथा कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ५०० मिलिग्रामसहित २४ वर्षीय निमेस घिमिरे पक्राउ परेका छन्।

सुनसरीको इटहरी–१० शिवनारायण टोलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५ ग्राम ८५० मिलिग्रामसहित मोहन गुरुङसहित तीन जना पक्राउ परेका छन्।

बर्दियाको बढैयाताल–२ बाट करिब ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित ५२ वर्षीय दिवे सुनार पक्राउ परेका छन्। धनुषाको विदेह नगरपालिका–८ बफैबाट ३९ ग्राम ३६० मिलिग्राम पदार्थसहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन्।

त्यसैगरी, झापाको बिर्तामोड नगरपालिका–३ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४९० मिलिग्रामसहित ४० वर्षीय सन्तोष राजवंशी पक्राउ परेका छन्।

ललितपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा तीन जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२९ हरिसिद्धी गुमथचोकबाट ट्रामाडोल ६० ट्याब्लेट र पोलेन चार ग्रामसहित सुरज तामाङसहित दुई जना पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका–३ इमाडोलबाट टापेन्टाडोल ७१० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेटसहित २९ वर्षीय खगेन्द्रबहादुर राउत पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–८ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम १३० मिलिग्रामसहित क्रिस बमसहित चार जना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका–९ माझफाँटबाट करिब १ किलो ५५० ग्राम गाँजासहित मनोज थापासहित दुई जना तथा उदयपुरको कटारी नगरपालिका–३ बाट टापेन्टाडोल ६१ ट्याब्लेटसहित सलम खानसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई गत शुक्रबार र शनिबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij