२०८३ साउन २० बुधबार

ग्यास अभावबारे मुख्य सचिवको अध्यक्षतामा विशेष छलफल, आयात बढाउने निर्णय

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
209
Shares
ग्यास अभावबारे मुख्य सचिवको अध्यक्षतामा विशेष छलफल, आयात बढाउने निर्णय

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तथा आपूर्ति व्यवस्थापनका विषयमा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ।

छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगीहरूको सहभागिता रहेको थियो। बैठकमा ग्यास अभाव देखिनुको कारण, वर्तमान आपूर्ति अवस्था तथा तत्काल समाधानका उपायबारे विस्तृत छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

छलफलका क्रममा ग्यास व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा भरिएका सिलिन्डर पुनः भर्ने कार्य सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेकाले माग एक्कासि बढेको जानकारी गराएका थिए। उनीहरूका अनुसार यही कारणले बजारमा अभावको अवस्था देखिएको हो।

बैठकले आगामी चाडपर्वलाई लक्षित गर्दै खाना पकाउने ग्यासको आयात बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्बन्धित निकायहरूबीच समन्वयलाई सुदृढ गर्ने निर्णय गरेको छ।

मुख्य सचिव कार्कीले ग्यास आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरूसँग आगामी दिनमा पनि निरन्तर छलफल र समन्वय जारी राखिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij