काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ । नेता पौडेललाई माइक्रोबसमा काठमाडौं ल्याउदै विभागमा बुझाएको हो ।
नेकपा एमाले पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित विषयमा सोधपुछ तथा थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको जनाइएको छ।
प्रहरी स्रोतले पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याउने प्रक्रिया पूरा भएको जानकारी दिएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। अनुसन्धान प्रक्रिया जारी रहेको र सम्बन्धित निकायले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ।
