२०८३ साउन १२ मंगलबार

विद्युतीय चुरोट (भेप) सहित एक जना पक्राउ

ई आर्थिक    बिहिबार, जेष्ठ १४ २०८३
1.3K
Shares
विद्युतीय चुरोट (भेप) सहित एक जना पक्राउ
काठमाडौं।  अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३१ वर्षीय नविन खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नविनले काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा Smile your choice र Vapemandu Traders Pvt. Ltd. नामक पसल संचालन गरी भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ ।

साथै प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेप समेत बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij