काठमाडौं । बुटवलस्थित हायात प्लेस बुटवल ले सञ्चालनमा आएको छोटो ६ महिनामै सन् २०२६ का लागि तीन प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ। होटलले नेपालकै उत्कृष्ट होटल, उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु तथा उत्कृष्ट महाप्रबन्धक (GM) विधामा सम्मान हासिल गरेको जनाएको छ।
यस उपलब्धिप्रति खुशी व्यक्त गर्दै होटलका महाप्रबन्धक तुषार नागर ले यो सफलता सम्पूर्ण टोलीको मेहनत, समर्पण र वास्तविक आतिथ्यताको प्रतिफल भएको बताए। उनले सुरुवाती दिनदेखि नै बुटवलको हस्पिटालिटी अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने स्पष्ट लक्ष्यका साथ काम गरिएको उल्लेख गरे।
उनका अनुसार प्राप्त सम्मानले अझ उत्कृष्ट सेवा प्रदान गर्न तथा अतिथिहरूका लागि अविस्मरणीय अनुभव सिर्जना गर्न थप ऊर्जा मिलेको छ। साथै उनले होटलप्रति विश्वास गर्ने सम्पूर्ण अतिथि तथा साझेदारहरूप्रति आभार व्यक्त गरे।

बुटवलको मुटुमा अवस्थित हायात प्लेस बुटवल ले आधुनिक सुविधा, उत्कृष्ट डाइनिङ अनुभव तथा विभिन्न कार्यक्रमका लागि बहुउद्देश्यीय स्थान उपलब्ध गराउँदै आएको छ। होटलले स्वदेशी तथा विदेशी दुवै प्रकारका पर्यटकलाई उच्चस्तरीय सेवा र आरामदायी अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।