२०८३ साउन १० आइतबार

मन्त्रिपरिषद् बैठक : वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

ई आर्थिक    मंगलबार, बैशाख २२ २०८३
2.2K
Shares
मन्त्रिपरिषद् बैठक : वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौं ।  नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि उक्त जानकारी दिँदै निर्धारित मितिमा संसद् अधिवेशन सुरु गर्ने तयारी गरिएको बताए।

सरकारले संसद् अधिवेशन बोलाउन गरेको यो सिफारिससँगै अब राष्ट्रपतिबाट औपचारिक आह्वान भएपछि संघीय संसद्को नियमित गतिविधि पुनः सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij