काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक SUBISU Limited ले अत्याधुनिक Wi-Fi 6 प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। कम्पनीले इन्टरनेट सुरक्षालाई मुख्य सेवाकै रूपमा समावेश गर्दै ‘Secure Internet – SUBISU सुरक्षा’ नामक नयाँ अवधारणा पनि प्रस्तुत गरेको हो।
कम्पनीका अनुसार, नेपालमा Wi-Fi 6 प्रविधि उपलब्ध भए पनि उच्चस्तरीय सुरक्षा सुविधासहित सेवा प्रदान गर्ने पहल भने पहिलोपटक गरिएको हो। यस सेवाले प्रयोगकर्तालाई तीव्र गतिको इन्टरनेटसँगै सुरक्षित ब्राउजिङ अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ।
Wi-Fi 6 प्रविधिले उच्च गति, फराकिलो कभरेज र एकैपटक धेरै डिभाइस जडान गर्न सक्ने क्षमता प्रदान गर्छ। साथै, लो-लेटेन्सीका कारण अनलाइन गतिविधि अझ सहज हुने र डिभाइसको ब्याट्री खपतसमेत घट्ने कम्पनीले जनाएको छ।
त्यसैगरी, ‘SUBISU सुरक्षा’ नामक सुरक्षात्मक तहले प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम र अनधिकृत पहुँचबाट जोगाउने काम गर्नेछ। यसले व्यक्तिगत गोपनीयता र डाटा सुरक्षामा विशेष ध्यान दिँदै परिवार तथा व्यवसायिक प्रयोजनका लागि सुरक्षित इन्टरनेट वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।
कम्पनीका उपाध्यक्ष रामकृष्ण परियार का अनुसार, “डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त हुँदैन। हामीले ग्राहकलाई छिटो मात्र होइन, सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका छौं।” उनले Wi-Fi 6 र Secure Internet को संयोजनमार्फत नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास व्यक्त गरे।
SUBISU ले ग्राहकको आवश्यकता अनुसार तीन फरक प्याकेजमा सेवा उपलब्ध गराएको छ—Smart WiFi 6, Pro WiFi 6 र Elite WiFi 6।
कम्पनीले यो पहलमार्फत नवप्रवर्तन, ग्राहक सुरक्षा र भविष्य-मुखी डिजिटल सेवाप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ।
थप जानकारीका लागि ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट subisu.net.np वा फोन नम्बर 01-4235888, 9801235888 मा सम्पर्क गर्न सक्नेछन्।