काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।
यसअघि श्रममन्त्री दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए भने उद्योग मन्त्रालयको जिम्मेवारी हालसम्म प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
मन्त्रिपरिषद् विस्तारसँगै सरकारको कार्यसम्पादन थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।