२०८३ साउन १२ मंगलबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने दुई जना पक्राउ

ई आर्थिक    सोमबार, चैत्र २३ २०८२
1.6K
Shares
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३३ लाख  ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भएका ३४ वर्षीय विरेन्द्र बहादुर चन्द र नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-१३ घर भएका ३८ वर्षीय महाविर नाउ रहेका छन् ।

पक्राउ मध्ये विरेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र महाविरले अजरवैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई काठमाडौं महानगरपलिका-१० बाट र महाविरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij