२०८३ साउन १२ मंगलबार

कर्णाली प्रदेश सरकारद्वारा कृषि विषयको अनुसन्धानका लागि ५ लाख रुपैयाँ सहयोग

ई आर्थिक    सोमबार, चैत्र १६ २०८२
988
Shares
कर्णाली प्रदेश सरकारद्वारा कृषि विषयको अनुसन्धानका लागि ५ लाख रुपैयाँ सहयोग

काठमाडौं।  कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि ५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय, सुर्खेतले चालु आर्थिक वर्ष २०८२/८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रविधि प्रसार कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।

‘कृषि विषयको अनुसन्धान र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने ध्येयले उक्त बजेट उपलब्ध गराएको हो,’ उनले भने, ‘यसबाट कृषि क्षेत्रको जनशक्ति निर्माणमा सहयोगको अपेक्षा गरेका छौँ।’

नेपालजस्तो कृषिको सम्भाव्य मुलुकमा पछिल्लो समयमा कृषि अध्ययन गर्ने जनशक्तिको अभाव र आवश्यकतालाई मनन् गरी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए।

निर्देशक रोकायका अनुसार निर्देशनालयले कृषि क्याम्पससँग सम्झौता गरेर चालु आर्थिक वर्षमा पाँच जना विद्यार्थीलाई अध्ययनको व्यवस्था गरेको छ। अध्ययनमा सहभागी सुर्खेतका दुई तथा डोल्पा, मुगु र तनहुँका एक-एक विद्यार्थी रहेका निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij