२०८३ साउन १० आइतबार

काठमाडौँ उपत्यकामा असिनासहित वर्षा, सर्तकता अपनाउन आग्रह

ई आर्थिक    शुक्रबार, चैत्र ६ २०८२
2.1K
Shares
काठमाडौँ उपत्यकामा असिनासहित वर्षा, सर्तकता अपनाउन आग्रह

काठमाडौं ।   काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार असिनासहित वर्षा भएको छ। मौसममा अचानक आएको परिवर्तनसँगै वर्षासंगै असिना परेको हो।

वर्षा र असिनाका कारण केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ। अचानक परेको असिनाले सर्वसाधारणलाई दैनिक कामकाजमा समेत अवरोध पुगेको जनाइएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसममा परिवर्तन आएको हो। आगामी केही दिनसम्म मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको पनि जनाइएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी चलिरहेको जनाएको छ। हावाहुरी अझ तीव्र हुन सक्ने भएकाले सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उडाउने जोखिम रहेको चेतावनी दिइएको छ।

प्राधिकरणले जोखिमयुक्त यात्रा नगर्न, हावाहुरी नरोकिन्जेल सुरक्षित स्थानमा बस्न तथा विद्यालय बस सञ्चालनका क्रममा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij