२०८३ साउन १२ मंगलबार

बेंजामिन नेतन्याहूको स्पष्टिकरणः ‘म जीवित छु’

ई आर्थिक    शुक्रबार, चैत्र ६ २०८२
2.2K
Shares
बेंजामिन नेतन्याहूको स्पष्टिकरणः ‘म जीवित छु’

काठमाडौँ : ‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जीवित छु, र तपाईंहरू त्यसका साक्षी हुनुहुन्छ,’ बेंजामिन नेतन्याहू ले बिहीबार राति आयोजित पत्रकार सम्मेलनको सुरुवातमै भने,  ‘साथै, म सबै फेक न्युजको खण्डन गर्दछु।’

उनी सामाजिक सञ्जालमा फैलिएको आफ्नो ‘मृत्यु भएको’ भन्ने हल्लाका सन्दर्भमा बोलिरहेका थिए।

उनले अगाडि भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायल अत्यन्त मजबुत रूपमा आफ्नो अभियानलाई अघि बढाइरहेका छन्।’

मार्च १३ मा नेतन्याहूको एक्सखाताबाट एक भिडियो पोस्ट गरिएको थियो, जसमा उनले इरानका हमलाबारे जानकारी दिएका थिए। सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले उक्त भिडियोलाई एआईद्वारा बनाइएको भन्दै नेतन्याहूको मृत्यु भइसकेको दाबी गरेका थिए।

त्यसपछि इजरायली प्रधानमन्त्री कार्यालयले नेतन्याहू मारिएको भन्ने समाचारलाई गलत भएको स्पष्ट पारेको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij