२०८३ साउन १० आइतबार

राष्ट्रपतिद्वारा पितृशोकमा रहेका ओलीप्रति समवेदना व्यक्त

ई आर्थिक    मंगलबार, चैत्र ३ २०८२
760
Shares
राष्ट्रपतिद्वारा पितृशोकमा रहेका ओलीप्रति समवेदना व्यक्त

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली प्रति समवेदना प्रकट गर्नुभएको छ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन् ।

राष्ट्रपतिले शोक व्यक्त गर्दै स्वर्गीय पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो। उहाँले यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्नुभएको छ।

राष्ट्रपतिले दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकमा रहनुभएका अध्यक्ष ओली तथा उहाँका परिवारजनप्रति सहानुभूति प्रकट गर्नुभएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij