२०८३ भाद्र ३० मंगलबार

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूचिसहित)

ई आर्थिक    सोमबार, चैत्र २ २०८२
2.4K
Shares
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूचिसहित)

काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० जना सांसदको नामावली सार्वजनिक गरेको छ।

आयोगले  विभिन्न राजनीतिक दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरेको जनाएको हो।

समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतको आधारमा उनीहरूले बुझाएको बन्दसूची (क्लोज्ड लिस्ट) अनुसार प्रतिनिधिसभामा सांसद चयन गरिन्छ। सोही आधारमा आयोगले सम्बन्धित दलहरूले सिफारिस गरेका उम्मेदवारलाई निर्वाचित घोषणा गरेको हो।

सार्वजनिक नामावलीअनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलबाट प्रतिनिधित्व हुने गरी ११० जना सांसद निर्वाचित भएका छन्।

समानुपातिकमा रास्वपाबाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा एमालेबाट १६ जना, नेपला कम्युनिष्ट पार्टीबाट ९ जना, राप्रपाबाट ४ जना तथा श्रम संस्कृति पार्टीबाट ४ जना सांसदमा सिफारिस भएका हुन् ।

समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा खस–आर्य समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रावधानअनुसार सांसद चयन गरिएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार निर्वाचित सांसदहरू आगामी प्रतिनिधिसभामा समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधित्व गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij