इलाम : इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार निश्लक राई अग्रस्थानमा रहेका छन्।
हालसम्मको गणनाअनुसार राईले १० हजार ८४९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार लिम्बुले १० हजार ६५१ मत प्राप्त गरेका छन्। यससँगै राईले १९८ मतको अग्रता कायम गरेका छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार काजी मान कागते तेस्रो स्थानमा रहेका छन्। उनले ९ हजार ९९८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल गदाल ६ हजार ७५८ मतसहित चौथो स्थानमा रहेका छन्।
इलाम–१ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको छ।