२०८३ भाद्र ३० मंगलबार

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म Yetideal.com सञ्चालनमा

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
171
Shares
नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म Yetideal.com सञ्चालनमा

यति सस्तो, यति छिटोनारासहित स्वदेशी लगानीमा निर्मित डिजिटल किनमेल प्लेटफर्मको औपचारिक शुभारम्भ

काठमाडौं । नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म Yetideal.com औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्ण रूपमा स्वदेशी लगानीमा स्थापित यस प्लेटफर्मले ग्राहकलाई गुणस्तरीय सामग्री किफायती मूल्यमा तथा छिटो डेलिभरीमार्फत उपलब्ध गराउने लक्ष्य लिएको छ।

“यति सस्तो, यति छिटो” भन्ने नारासहित सञ्चालनमा आएको Yetideal.com ले इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर सजावट, फार्मेसी तथा फिटनेस सामग्री, स्टेशनरी, खेलौना र खेलकुद सामग्रीलगायत विभिन्न श्रेणीका उत्पादनहरू एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै, नेपाली उत्पादन तथा उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष “Made in Nepal” श्रेणी समेत समावेश गरिएको छ।

ग्राहकलाई भरपर्दो र द्रुत सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले काठमाडौं उपत्यकाभित्र २४ घण्टा र उपत्यकाबाहिरका प्रमुख स्थानहरूमा ४८ घण्टाभित्र डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ। आफ्नै लजिस्टिक नेटवर्क तथा विश्वसनीय डेलिभरी साझेदारहरूमार्फत सेवा प्रवाह गरिने कम्पनीको भनाइ छ।

कम्पनीले सिंगापुरस्थित Neovyn Pte Ltd सँग रणनीतिक साझेदारी गर्दै व्यवस्थापन परामर्श तथा व्यवसाय विस्तारका क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव उपयोग गर्ने जनाएको छ। यस सहकार्यले नेपालको डिजिटल वाणिज्य क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

विदेशमा रहेका नेपाली तथा नेपालप्रेमी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई लक्षित गर्दै प्लेटफर्ममा स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू एकीकृत गरिएको छ। यसमार्फत विदेशबाटै नेपालमा रहेका आफन्त तथा परिवारजनका लागि सामग्री, उपहार तथा आवश्यक वस्तुहरू सहज रूपमा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ।

सुरुवातको अवसरमा कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ। नयाँ प्रयोगकर्ताले दर्ता गर्दा रु. १०० बराबरका Yetideal Points प्राप्त गर्नेछन् भने प्रत्येक खरिदमा निःशुल्क उपहार उपलब्ध हुनेछ। साथै, निश्चित खरिद रकममा नेपाल फुटबल जर्सी, गुणस्तरीय छाता तथा FIFA आधिकारिक फुटबल समेत उपहार स्वरूप प्रदान गरिने जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले हात माथि हात, बाढीपीडितलाई YetiDeal को साथ अभियान सञ्चालन गर्दै २०२६ नोभेम्बर १५ सम्म प्लेटफर्ममार्फत हुने सम्पूर्ण कारोबारबाट प्राप्त रकमको २ प्रतिशत हिस्सा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार Yetideal.com लाई जैन ग्रुपको अनुभव, आपूर्ति सञ्जाल, ग्राहक सेवा तथा लजिस्टिक क्षमताले सशक्त बनाएको छ। कम्पनीले गुणस्तर, गति र किफायती मूल्यलाई प्राथमिकतामा राख्दै नेपालको ई-कमर्स क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij