काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहेको छ । प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र मध्य १५६ स्थानको मत परिणाम आइसकेको छ ।
जारी प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ। हालसम्म सार्वजनिक परिणामअनुसार उक्त पार्टीले १२० सिटमा विजयी भएको छ भने ५ सिटमा अग्रता लिइरहेको छ ।
नेपाली कांग्रेसले १७ सिटमा जित हासिल गरेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ७ सिटमा विजयी हुँदा ३ सिटमा अग्रता लिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले ७ सिटमा विजयी भएको छ । श्रम संस्कृति पार्टीले ३ सिटमा निर्वाचित भएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले समान १–१ सिटमा जितेका छन् ।
मतगणना जारी रहेकाले आगामी परिणामसँगै रास्वपाले बहुमत ल्याउने सम्भावना देखिदा । दुई तिहाईको मत निजिक पुग्ने देखिन्छ ।