२०८३ साउन १२ मंगलबार

काठमाडौं–२ मा सुनिल केसीको फराकिलो जित

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
2.1K
Shares
काठमाडौं–२ मा सुनिल केसीको फराकिलो जित

काठमाडौं । रास्वपाका नेता  सुनिल के.सी राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा विजयी हासिल गरेका छन्।

उनले ३४,२३८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पछि पारे।

उनका प्रमुख प्रतिस्पर्धी कबिर शर्मा (नेपाली कांग्रेस) ले ८,८७४ मत प्राप्त गरे। त्यसैगरी कुन्ती देवी पोखरेल (उपाध्याय) (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ५,२१० मत र मणिराम फुयाल (नेकपा एमाले) ले ४,७५९ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरूमा नितेश पौडेल (नेपाली कम्युनिष्ट पार्टी) ले १,९१२ मत पाएका छन् भने पवन पोखरेल (उज्यालो नेपाल पार्टी) पनि चुनावी प्रतिस्पर्धामा थिए।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ठूलो मतान्तरसहित जित हात पारेसँगै राजधानीको निर्वाचन परिणामले नयाँ राजनीतिक संकेत दिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij