२०८३ साउन १० आइतबार

युद्धग्रस्त मध्यपूर्वमा करिब १७ लाखभन्दा बढी नेपाली नागरिक कार्यरत

ई आर्थिक    आइतबार, फाल्गुन १७ २०८२
1.5K
Shares
युद्धग्रस्त मध्यपूर्वमा करिब १७ लाखभन्दा बढी नेपाली नागरिक कार्यरत

काठमाडौं । मध्यपूर्वका विभिन्न देशमा हाल १७ लाख २९ हजार २८८ नेपाली नागरिक वैधानिक रूपमा कार्यरत तथा बसोबास गरिरहेको छन् ।

मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) मा करिब सात लाख नेपाली रहेको जानकारी दिए ।

त्यसैगरी, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३ र कुवेतमा १ लाख ७५ हजार नेपाली छन्। तनावग्रस्त क्षेत्र र त्यसको नजिक रहेका इराकमा ३० हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, साइप्रसमा १७ हजार, इजरायलमा करिब ६ हजार ५०० र लेबनानमा १ हजार ५०० नेपाली रहेको मन्त्रालयले जनाएको छ ।

इजिप्टमा ५०० र इरानमा १० जना नेपाली रहेकोमा इरानबाट ४ जना फर्किने क्रममा रहेको र ६ जना त्यहीँ रहेको जानकारी दिइएको छ ।

युद्धग्रस्त मध्यपूर्वका विभिन्न देशहरूमा करिब १८ लाख नेपाली नागरिक रोजगारीका लागि कार्यरत छन्। सबैभन्दा बढी नेपाली दुबईमा रहेका छन्, करिब ९ लाख, त्यसपछि साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार, ओमान र इराकमा २५–२५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार र इरानमा १० जना रहेकोमा ४ जना फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दियो ।

अन्य देशमा नेपालीहरूको वितरण यस प्रकार छ:

साउदी अरब: ३ लाख ८४ हजार

कतार: ३ लाख ६० हजार

कुवेत: १ लाख ७५ हजार

बहराइन: ३० हजार

ओमान: २५ हजार

इराक: २५ हजार

इजरायल: ५ हजार

लेबनान: १ हजार

इरान: १०  जनामा ४ जना नेपाल फर्किएको ६ जना रहेको

विशेषज्ञहरूले मध्यपूर्वमा बढ्दो असुरक्षा र राजनीतिक तनावका कारण नेपाली कामदारहरूको सुरक्षा चिन्ता रहेको बताएका छन्। यस क्षेत्रमा रहेका नेपाली दूतावासहरूले समय-समयमा नागरिकहरूको सुरक्षाका लागि सूचना र सहयोग प्रदान गर्दै आएका छन्।

मध्यपूर्वमा रहेका नेपाली कामदारहरू प्रायः निर्माण, स्वास्थ्य, सेवा, र व्यवसायिक क्षेत्रमा संलग्न छन्। दूतावासहरूले आपतकालीन स्थितिमा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij