काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले प्रतिनिधिसभा निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ।
निर्वाचन आयोगमा मंगलबार बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले मुलुकको शान्ति सुरक्षा अवस्था र राजनीतिक दलहरूले शान्तिपूर्ण रूपमा गतिविधि गर्ने वातावरणबारे ब्रिफिङ दिएका थिए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, केही स्थानमा भएका घटना व्यवस्थापनका कारण कुनै अप्रिय घटना भएन र निर्वाचनको माहौल सबैतिर स्थापना हुँदै गएको छ।
प्रवक्ता भट्टराईले मतदानमा सहभागीता बढाउन आयोगले तीन दिन सार्वजनिक बिदा दिने सिफारिस गरेको र यसले मतदाता सक्रियतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।