२०८३ साउन १० आइतबार

त्रिभुवन विमानस्थल वरिपरि निषेधाज्ञा जारी, कुनै पनि जुलुस वा प्रदर्शन नगर्न प्रशासनको चेतावनी

ई आर्थिक    बिहिबार, माघ २९ २०८२
2.6K
Shares
त्रिभुवन विमानस्थल वरिपरि निषेधाज्ञा जारी, कुनै पनि जुलुस वा प्रदर्शन नगर्न प्रशासनको चेतावनी

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, र्‍याली तथा भेलाजम्मा नगर्न आग्रह गर्दै चेतावनी जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी अत्यन्त जरुरी सूचनामा मिति २०८२ फागुन १ गते विमानस्थल क्षेत्र आसपास केही समूह तथा राजनीतिक दलले प्रदर्शन गर्ने तयारी गरेको भन्ने सूचना र सामाजिक सञ्जालमा देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको हो।

सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यस्ता कार्यक्रम गर्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था रहेको भए पनि हालसम्म कसैले अनुमति नलिएको जनाइएको छ। साथै, निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस्ता गतिविधि गर्न बन्देज रहेको पनि स्पष्ट पारिएको छ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने, फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वलाई व्यवस्थित र मर्यादित रूपमा मनाउने, तथा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।

विमानस्थल क्षेत्रमा यात्रुको सहज आवागमन, यातायात सञ्चालन तथा सर्वसाधारणको निर्वाध हिँडडुलको अधिकार प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न र सामाजिक सञ्जालमार्फत उक्साउने कार्यसमेत नगर्न प्रशासनले आग्रह गरेको छ।

निषेधित तथा संवेदनशील क्षेत्रमा कानूनविपरीत गतिविधिमा संलग्न पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी पनि सूचनामार्फत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij