२०८३ साउन १० आइतबार

बुढानीलकण्ठको चुनीखेलमा आगलागी तीन घण्टापछि नियन्त्रणमा

ई आर्थिक    बुधबार, माघ २१ २०८२
2.2K
Shares
बुढानीलकण्ठको चुनीखेलमा आगलागी तीन घण्टापछि नियन्त्रणमा

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा गएराति लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ। राति करिब ११ बजे सुरु भएको आगो सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा लिइएको हो।

आगलागी बस्तीमा रहेका दुईवटा जस्ताका टहरामा भएको थियो। घटनास्थलबाट ७ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij