२०८३ साउन १० आइतबार

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने दुई जना पक्राउ

ई आर्थिक    मंगलबार, माघ २० २०८२
2.5K
Shares
न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने दुई जना पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका-४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन् ।

पक्राउ मध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रूपैयाँ र नविनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जनलाई काठमाडौं महानगरपालिका-३१ बाट र नविनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij