काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ। मंगलबार प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।
सुनको मूल्य सोमबार प्रतितोला ५ हजार २ सय रुपैयाँले वृद्धि भएर ३ लाख ९ हजार रुपैयाँ पुगेको थियो। त्यसपछि मंगलबार फेरि ३ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम भएको हो।
यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय ५ रुपैयाँले बढेको हो।