२०८३ असोज ३ शनिबार

पर्वतमा ८ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

ई आर्थिक    आइतबार, माघ ११ २०८२
4K
Shares
पर्वतमा ८ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत ।  बितेको ८ वर्षमा जिल्लामा २ सय ४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएको छ।

यो अवधिमा चिसापानी-हुवास-त्रिवेणी-वहाकी-रानीपानी-बर्राचौर २३ किलोमिटर, अर्मादी-खुर्कोट-बनौ सडक १२ किलोमिटर, पातीचौर-देउपुर- भुकदेउराली १२ किलोमिटर, डिमुवा-तिलाहार-राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएको हो।

पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला-कटुवाचौपारी-मुडिकुवा-फलेवास-ढिक १४ किलोमिटर, हिमालय-विपाङ-नुवार-खनियाँघाट ८ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन्।

साथै सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij