इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह इलाममा रास्वपाको चुनावी प्रचारमा गएका छन् ।
झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाह इलाम–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल गदाल तथा इलाम–२ का उम्मेदवार गोकुलबहादुर राईलाई चुनाव प्रचारमा सघाउन इलाम बजार पुगेका हुन् ।
इलाम बजारमा आयोजित भेटघाट तथा प्रचार कार्यक्रमका क्रममा उनीहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्दै समसामयिक राजनीतिक अवस्था, विकास र सुशासनका विषयमा आफ्ना धारणा राखेका थिए।
उम्मेदवारहरूले पारदर्शी राजनीति, जवाफदेही शासन व्यवस्था र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै निर्वाचनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

