म्याग्दी । शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छन्।
पुनले स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचनमा भाग लिन लागेको बताएका छन्। उनले आफ्नै गृह जिल्ला म्याग्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन्।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै पुनले शिक्षा, प्रविधि र ग्रामीण विकासलाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए। जनताको प्रत्यक्ष सहभागिता र पारदर्शी राजनीतिका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।
