२०८३ असोज १ बिहिबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

ई आर्थिक    सोमबार, पौस २८ २०८२
2.3K
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका गरिएको विभिन्न  निर्णयहरु सार्वजनिक गरेको छ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पनि निर्णय गरेको हो।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले नेपालका आन्तरिक विकास र अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गर्दै नयाँ नीतिहरूको स्वीकृति दिएको छ।

साथै,  बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् २०२४ को वार्षिक योगदानको रूपमा दुई लाख त्रिहत्तर हजार पाँच सय तीन अमेरिकी डलर बुझाउने निर्णय गरेको छ। साथै आगामी पाँच वर्षका लागि वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ लाई पनि स्वीकृति दिइएको छ।

बैठकले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडा अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि तीन लाख पचास हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। यसैगरी मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ लाई पनि स्वीकृत गरिएको छ।

साथै गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने निर्णय भएको छ।

बैठकले आन्तरिक विकास, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहयोगलाई सन्तुलित गर्दै नेपालका आर्थिक, सामाजिक र राजनीतिक प्राथमिकताहरूलाई अघि बढाउने नीतिगत निर्णयहरू लिएको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij