२०८३ असोज १ बिहिबार

ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँ मात्र लिन संघको आग्रह

ई आर्थिक    बिहिबार, असोज १ २०८३
95
Shares
ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँ मात्र लिन संघको आग्रह

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँमा बिक्री गर्न आग्रह गरेको हो।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौंमा ल्याएर बिक्री गरेका थिए। उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिन्डर १०५ रूपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर ग्यास बिक्री गर्दै आएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij