काठमाडौं । खोला किनारामा २० मिटर खाली छाड्नुपर्ने फैसलाको पुनरावलोकनसम्बन्धी रिटमा सर्वोच्च अदालतले मिसिल कागज झिकाउने आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले उक्त आदेश जारी गरेको हो। सरकारका तर्फबाट दायर पुनरावलोकन निवेदनमा फैसला कार्यान्वयन गर्दा आर्थिक, सामाजिक र व्यवहारिक समस्या आउने दाबी गरिएको छ।
सरकारका अनुसार फैसलाका कारण हजारौँ घर भत्किनुका साथै ठूलो संख्यामा नागरिक विस्थापित हुने अवस्था आउन सक्छ।
त्यसैले आवश्यक अध्ययन गरी क्षमताअनुसार क्रमिक रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।