२०८३ साउन १० आइतबार

वीरगञ्जमा कर्फ्यू जारी

ई आर्थिक    मंगलबार, पौस २२ २०८२
2.6K
Shares
वीरगञ्जमा कर्फ्यू जारी

वीरगञ्ज।  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा  दिउँसो १ बजेदेखि  साझँ ६ बजेसम्म लागि कर्फ्यू आदेश थप गरेको छ।

प्रशासनले सोमबार बेलुका ६ बजेदेखि मंगलबार  ८ बजे बिहानसम्म राख्दै दिउँसो १ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ,’ उनले भने।

स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ।

प्रजिअ दाहालले कर्फ्यूका बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि अनुरोध गरे। कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij