२०८३ साउन १० आइतबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरु

ई आर्थिक    सोमबार, पौस २१ २०८२
2.6K
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले गरेका विभिन्न निर्णयमध्ये आठ  निर्णयहरु  सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद् बैठकमा प्रशासनिक, कूटनीतिक, सामाजिक र नीतिगतसहित आठ निर्णय भएको सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले निर्णयबारे जानकारी दिए। सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्काको बढुवा सिफारिस गरेको प्रवक्ता खरेलले बताए ।

बैठकका प्रमुख निर्णयहरू:

१.राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्काको बढुवा,

२.समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन,

३.जेनजी सहिद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने,

४.नेपाल–ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत,

५.नेपाल–इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत,

६.पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश २०८२ स्वीकृत,

७.वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत,

८. नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षकमा घनश्याम पराजुलीको बढुवा लगायतका  निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij