२०८३ साउन १० आइतबार

पूर्वप्रधानमन्त्री ओलीमाथिको स्थानहदको प्रतिबन्ध फुकुवा

ई आर्थिक    सोमबार, पौस २१ २०८२
1.7K
Shares
पूर्वप्रधानमन्त्री ओलीमाथिको स्थानहदको प्रतिबन्ध फुकुवा

काठमाडौं । भाद्र २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहदको प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगले सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै यसअघि २०८२ असोज १२ गते गरिएको निर्णय खारेज गरिएको जानकारी दिएको हो। उक्त निर्णयअनुसार ओलीलाई आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न तथा विदेश भ्रमण गर्न रोक लगाइएको थियो।

आयोगका अनुसार ती घटनासँग सम्बन्धित रूपमा प्रधानमन्त्रीको हैसियतले भएका कामकारबाहीबारे आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न भइसकेकोले प्रतिबन्धलाई निरन्तर राख्नुको औचित्य नरहेको ठहर गर्दै फुकुवा गरिएको हो।

यस निर्णयबारे सम्बन्धित निकाय र स्वयं केपी शर्मा ओलीलाई समेत जानकारी गराइने आयोगले जनाएको छ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान् राज शर्माले आयोगका प्रेस विज्ञप्ति र सूचनाहरू गृह मन्त्रालयको वेबसाइटमार्फत पनि हेर्न सकिने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij