२०८३ साउन ९ शनिबार

अन्नपूर्ण क्षेत्रमा एक वर्षमा २ लाख ९९ हजार ८ सय ३१ विदेशी पर्यटक पुगे

ई आर्थिक    शुक्रबार, पौस १८ २०८२
3.4K
Shares
अन्नपूर्ण क्षेत्रमा एक वर्षमा २ लाख ९९ हजार ८ सय ३१ विदेशी पर्यटक  पुगे

गण्डकी ।  सन् २०२५ मा २ लाख ९९ हजार ८ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।

प्रसिद्ध पदयात्रास्थलको भ्रमण दक्षिण एसियाली मुलुकका १ लाख ७७ हजार ६ सय २८ र अन्य मुलुकका १ लाख २२ हजार २ सय ३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रबीन कडरियाले बताए।

सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ८१ हजार पर्यटक भित्रिएका थिए।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij