२०८३ असोज १ बिहिबार

१६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन, काठमाडौंका पाँच क्षेत्रमा २५ लाख मात्र खर्च गर्न पाइने (अन्यको सूचिसहित)

ई आर्थिक    मंगलबार, पौस १५ २०८२
3.4K
Shares
१६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन, काठमाडौंका पाँच क्षेत्रमा २५ लाख मात्र खर्च गर्न पाइने (अन्यको सूचिसहित)

ई–आर्थिक, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। आयोगले १६५ वटै निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गर्दै न्यूनतम २५ लाखदेखि अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो।

आयोगका अनुसार २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्। ताप्लेजुङदेखि बैतडी–१ सम्मका यी निर्वाचन क्षेत्रमा दुर्गमता र भौगोलिक अवस्थालाई आधार मानी खर्च सीमा तोकिएको जनाइएको छ।

काठमाडौंका पाँच निर्वाचन क्षेत्र—काठमाडौं १, ३, ६, ७ र ८ मा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने छन्। यस्तै, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँको सीमा तोकिएको छ।

२७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १०, पर्सा १, २ र ३, ललितपुर १, २ र ३, भक्तपुर २ तथा कास्की २ रहेका छन्।

६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् भने ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ। ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ पनि पर्दछन्, जहाँ केपी शर्मा ओली र शेरबहादुर देउवा उम्मेदवार रहँदै आएका छन्।

३३ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २, गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दिया १ र २, सल्यान १, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडी रहेका छन्।

फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रममा आयोगले प्रत्यक्षतर्फका उम्मेदवारको खर्च सीमा तोकेको हो। आयोगले तोकिएको खर्च सीमाभन्दा बढी खर्च गरे कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ।

The Commission has set a limit on election expenses, allowing spending between Rs. 2.5 million and Rs. 3.3 million.

The Commission has set a limit on election expenses, allowing spending between Rs. 2.5 million and Rs. 3.3 million.

The Commission has set a limit on election expenses, allowing spending between Rs. 2.5 million and Rs. 3.3 million.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij