२०८३ साउन १२ मंगलबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक: अनुशासन उल्लंघनमा माफी, पार्टी एकतामा जोड

ई आर्थिक    आइतबार, पौस १३ २०८२
2.2K
Shares
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक: अनुशासन उल्लंघनमा माफी, पार्टी एकतामा जोड

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ गतेको बैठकले पार्टी अनुशासन, एकता र आगामी निर्वाचन तयारी सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा पार्टीलाई सुसंगठित बनाउँदै भृहत् एकता कायम गर्नु आवश्यक रहेको र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको दिगो विकास तथा संविधानको रक्षा गर्ने राष्ट्रिय दायित्वलाई ध्यानमा राख्दै आगामी दिनमा पार्टी हित विपरीत हुने कुनै पनि अनुशासन उल्लंघन नगर्न सचेत गराइएको छ।

बैठकका अनुसार, विगतका निर्वाचनमा पार्टी वा पार्टीले समर्थन गरेको उम्मेदवारको विरुद्ध काम गरेका व्यक्तिहरूलाई गरिएको कारबाही (निष्कासन, निलम्बन) को बाँकी अवधि माफी/मिनाहा गरिएको छ। माफी पाएका व्यक्तिहरूको पार्टी पद हटाइने तर क्रियाशील सदस्यता निरन्तरता रहने निर्णय समेत भएको छ।

साथै, पार्टी छोडेर अन्य पार्टीमा गएका वा स्वतन्त्र बनेका साथीहरूलाई पार्टीमा फर्कन हार्दिक आह्वान गरिएको छ। फर्किने सदस्यलाई क्रियाशील सदस्यता र आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ।

बैठकले वौद्धिक र व्यवसायिक क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूलाई पनि पार्टीमा आउन र लोकतान्त्रिक सेवामा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। बैठकले पार्टी, लोकतन्त्र र मुलुकको हितका लागि वौद्धिक तथा व्यवसायिक क्षेत्रसँग संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij