२०८३ साउन ९ शनिबार

जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

ई आर्थिक    शुक्रबार, पौस ११ २०८२
2.9K
Shares
जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । नेपालमा आज पाँचौँ राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ। “जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने नाराका साथ आयोजना गरिएको यस दिवसले जेष्ठ नागरिकको अधिकार र सम्मान सुनिश्चित गर्न चेतना बढाउने उद्देश्य राखेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, हाल नेपालमा २९ लाख ७७ हजार ३ सय १८ जेष्ठ नागरिक रहेका छन्। यो तथ्याङ्कले देखाउँछ कि जेष्ठ नागरिकको वृद्धिदर ३.५ प्रतिशत रहेको छ, जुन समग्र जनसंख्याको ०.९२ प्रतिशत वृद्धिदरभन्दा निकै बढी हो। औसत आयुवृद्धि, मृत्युदरमा कमी र स्वास्थ्यप्रति सचेतनाका कारण भविष्यमा जेष्ठ नागरिकको संख्या अझ वृद्धि हुने अनुमान गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले जेष्ठ नागरिकको अधिकार संरक्षण र संवद्र्धनलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको छ। आयोगको अध्ययनअनुसार, धेरै जेष्ठ नागरिक आफ्नो अधिकार र राज्यले प्रदान गर्ने सेवाबारे पर्याप्त जानकारी राख्दैनन्। स्वास्थ्य र यातायात सेवामा प्राथमिकता नपाउनु, पारिवारिक विखण्डन, वृद्धाश्रममा राखिने समस्या र एक्लोपन जस्ता चुनौतीले उनीहरूलाई अधिकारको पूर्ण उपयोगबाट बञ्चित बनाएको देखिएको छ।

आयोगले तीनै तहका सरकारलाई जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न, नीति, योजना र बजेटमा प्राथमिकता दिन, उनीहरूको अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तथा सम्मानमा जोड दिन निर्देशन दिएको छ। साथै, परिवार र नागरिक समाजलाई पनि जेष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्न आफ्नो भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij