२०८३ असोज १ बिहिबार

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

ई आर्थिक    शुक्रबार, पौस ११ २०८२
2.4K
Shares
पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

काठमाडौं।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। यस क्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको बताइएको छ।

शर्मालाई आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ। यद्यपि, उनको नियुक्ति अन्तिम रूपमा टुंगो लाग्न बाँकी रहेको बताइन्छ।

बालानन्द शर्माले यसअघि माओवादी लडाकु समायोजन प्रक्रियासँग सम्बन्धित समितिमा रहेर काम गरेका छन्। साथै, कोभिड–१९ महामारीका बेला सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) मा समेत उनको भूमिका रहेको थियो।

शर्माको नियुक्ति भएमा अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय हुने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij