काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे जाँचबुझ आयोगमा सोमबार उपस्थित भई बयान दिने भएका छन् ।
बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आयोगको कार्यालयमा पुगेर आफ्नो धारणा राख्ने बताएका हुन्।
आयोगले बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाए पनि आफूले सोमबार जाने निर्णय गरेको लेखकले स्पष्ट पारे।
जेन–जी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी विषयमा आयोगले लेखकलाई बयानका लागि बोलाएको हो।
पार्टीको केन्द्रीय समिति बैठकमा छलफल र परामर्शपछि आयोगमा बयान दिन जाने निर्णय गरिएको उनले बताए।