काठमाडौं। नागरिक लगानी कोषले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कोषको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
कम्पनीका अनुसार उक्त लाभांश नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।