२०८३ असोज १ बिहिबार

एमालेको नयाँ नेतृत्व चयनका लागि २२२७ मत खस्यो, ३६ मत खसेन (सूचिसहित)

ई आर्थिक    बिहिबार, पौस ३ २०८२
3.1K
Shares
एमालेको नयाँ नेतृत्व चयनका लागि २२२७ मत खस्यो, ३६ मत खसेन (सूचिसहित)

ई–आर्थिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।

कुल २,२६३ जना मतदातामध्ये २,२२७ जनाले मतदान गरेका छन् भने ३६ मत खस्न सकेनन् । विभिन्न कारणले उपस्थित हुन नसक्दा ती प्रतिनिधिले मतदान नगरेको एमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ।

निर्वाचन आयोगका अनुसार मतदान नगर्नेहरूमा मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरिबहादुर राजवशी रहेका छन्। यस्तै, अनुशासन आयोगबाट पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल (सुशील) ले पनि मत दिएनन्।

पार्टी निर्वाचन आयोगबाट समिर नेपाल र रचना राजोपाध्याय, लेखा आयोगबाट अशोक केसी तथा विभिन्न विभागबाट धनश्याम कोइराला र संजीव रोकाहाले मतदान नगरेको आयोगले जनाएको छ।

महाधिवेशन प्रतिनिधिहरूमध्ये कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधनप्रसाद सिंह (सिरहा), राजेन्द्रप्रसाद यादव (पर्सा), अशु आनन्द (पर्सा), मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी) लगायतले पनि मतदान नगरेको सूचीमा छन्। साथै दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली पनि मतदानमा सहभागी भएनन्।

बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो। महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन्।

अब मतगणना प्रक्रिया सुरु हुने र नतिजा क्रमशः सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij