२०८३ साउन १२ मंगलबार

यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णयहरु (सूचिसहित)

ई आर्थिक    मंगलबार, पौस १ २०८२
2.9K
Shares
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णयहरु (सूचिसहित)

ई-आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

मंगलबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंसिर २९ गते सोमबार बसेको मन्त्रिपरिषद्ले गरेका ११ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एन्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर अर्थात करिब १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

त्यस्तै २०८२ पुस १२ देखि १४ गतेसम्म नेपालको काठमाडौँमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्य समूहको नवौँ बैठकमा सहभागी हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने र युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा.सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।

सरकारले नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी पदमा र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, छ जना उपरथीहरू र सातजना महासेनानीहरूको सरूवा गर्ने  निर्णय गरेको छ ।

साथै, राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij