२०८३ असोज ३ शनिबार

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

ई आर्थिक    सोमबार, मंसिर २२ २०८२
1.9K
Shares
सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ ।

बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा भने कमी आएको हो।

हिजो आइतबार प्रतितोला २ सय रुपैयाँले घटेर रु २ लाख ५२हजार २०० मा कारोबार भएको सुनको मूल्य आज सामान्य रूपमा बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले वृद्धि भई रु २लाख ५२हजार ९०० मा पुगेको छ।

यसैगरी, आज चाँदीको मूल्यमा भने गिरावट देखिएको छ। हिजो प्रतितोला ५० रुपैयाँले बढेर रु ३,६०५ मा पुगेको चाँदी आज २० रुपैयाँले घटेर रु ३,५८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

बजारमा सुनको मूल्य निरन्तर उतार–चढाव भइरहेका बेला चाँदीमा पनि क्रमिक घटबढ जारी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij