२०८३ भाद्र ३० मंगलबार

चार महिनामा जीवन बीमा कम्पनीद्वारा १२ अर्ब ७२ करोड बीमा शुल्क आर्जन

ई आर्थिक    मंगलबार, मंसिर १६ २०८२
3.8K
Shares
चार महिनामा जीवन बीमा कम्पनीद्वारा १२ अर्ब ७२ करोड बीमा शुल्क आर्जन

ई-आर्थिक, काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसायमा झण्डै ३० प्रतिशत वृद्धि हासिल गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा जीवन बीमा कम्पनीहरुले  १२ अर्ब ७२ करोड ३९ लाख ४० हजार रुपैयाँ पुगेको छ  भने  गत वर्षको कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९ अर्ब ७९ करोड ४६ लाख ५७ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

प्रथम बीमा शुल्क जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार र भविष्यिक मुनाफाको महत्वपूर्ण सूचक मानिन्छ।

यस अवधिमा नेपाल लाइफ ३ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्कसहित अग्रस्थानमा रह्यो। नेशनल लाइफ दोस्रो स्थानमा १ अर्ब ८८ करोड, एलआईसी नेपाल तेस्रो स्थानमा ९३ करोड, सूर्यज्योति लाइफ चौथो स्थानमा ८३ करोड ९ लाख र सिटिजन लाइफ पाँचौं स्थानमा ७४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यसैगरी हिमालयन लाइफ ६८ करोड, एशियन लाइफ ६२ करोड, आईएमई लाइफ ५८ करोड, सानिमा रिलायन्स ५४ करोड, रिलायबल नेपाल ५३ करोड, प्रभु महालक्ष्मी लाइफ ४२ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्।

वृद्धिदरको हिसाबले आईएमई लाइफले ८४ प्रतिशतको प्रभावशाली वृद्धि देखाएको छ भने नेपाल लाइफले ४४ प्रतिशत वृद्धिसहित अग्रस्थान कायम राखेको छ।

नविकरण बीमाशुल्कमा पनि जीवन बीमा कम्पनीहरूले मजबूत प्रदर्शन देखाएका छन्। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म नविकरण बीमाशुल्क ४९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यसमा नेपाल लाइफ १३ अर्ब ३३ करोड, नेशनल लाइफ ५ अर्ब ५८ करोड, एलआईसी नेपाल ५ अर्ब ५३ करोड, हिमालयन लाइफ ४ अर्ब ९५ करोड र सूर्यज्योति लाइफ २ अर्ब ८० करोड रुपैयाँ संकलन गर्दै शीर्ष स्थानमा रहेका छन्।

कूल बीमाशुल्कमा १६.५३ प्रतिशत वृद्धि भएको तथ्यांकले पनि जीवन बीमा क्षेत्रको दिगो वृद्धि र बजारमा बढ्दो आकर्षण देखाउँछ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४ जीवन बीमा कम्पनीहरूले कूल ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यसमा नेपाल लाइफ १७ अर्ब ९२ लाख, नेशनल लाइफ ७ अर्ब ४७ करोड ३० लाख, एलआईसी नेपाल ६ अर्ब ४६ करोड ८९ लाख, हिमालयन लाइफ ५ अर्ब ६४ करोड ७ लाख र राष्ट्रिय जीवन बीमा ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ संकलन गरी अग्रस्थानमा रहेका छन्।

कुल बीमाशुल्क वृद्धिदरमा राष्ट्रिय जीवन बीमा कम्पनीले १८३.६६ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ। आईएमई लाइफ २६.६८ प्रतिशत, सिटिजन लाइफ २१.४० प्रतिशत र रिलायबल लाइफ १९.२५ प्रतिशत वृद्धिदरका साथ पछि रहेका छन्। नेपाल लाइफ १०.३८ प्रतिशत, एलआईसी नेपाल ६.८१ प्रतिशत र हिमालयन लाइफ १.०३ प्रतिशत वृद्धिदरमा रहेका छन्।

आर्थिक गतिविधि सुस्ततापनि जीवन बीमा क्षेत्रले देखाएको यो उकालो यात्रा दीर्घकालीन वित्तीय स्थायित्व र बीमा क्षेत्रमा ग्राहकहरूको बढ्दो विश्वासको संकेत हो। बीमा कम्पनीहरूले अपनाएको आक्रामक व्यवसायिक रणनीति र बजार विस्तारले आगामी महिनाहरूमा पनि यस प्रकारको वृद्धि कायम रहने सम्भावना देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij